सिड्नीमा तमु ल्होछार २०२३ बिबिध कार्यक्रम सहित मनाइदै

सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै गुरुङ्हरुको परम्परा र संस्कृतिको जगेर्ना गर्दै आइरहेको संस्था तमु समाज अष्ट्रेलियाले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि बिबिध कार्यक्रम सहित ल्होछार २०२३ मनाउदै छ । आउँदो जनवरी ७ का दिन सिड्नी हर्सभिल मरना हलमा सांझ ५.३० बजेबाट तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा रात्री भोज, शुभकामना आदानप्रदान साथ यस बर्षको ल्होछार मनाउन लागिएको तमु समाजका सचिब अर्जुन गुरुङले जनाएका छन् । गुरुङका अनुसार बौद्ध पुजाबाट सुरु हुने उक्त कार्यक्रममा अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरु बिबिध संस्कृतिक प्रस्तुतिहरु, डिजे धमाका र अन्य बिबिध कार्यक्रमहरु रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि संस्थाले प्रति व्यक्ति टिकट दर ३५ डलर राखेको छ ।
गुरुङहरुको नयाँ बर्षको रुपमा ल्होछार मनाउने गर्दछन् जहां “ल्हो” को अर्थ नयाँ र “छार”को अर्थ बर्ष हो । ल्होछारमा बाँदर, सर्प, कुकुर्, घोडा, गिद्द्, बिरालो, मुसा, गाइ, भेडा, मृग्, बाघ्, चरा सहित १२ पशुपंक्षिहरुलाई हरेक बर्ष छुट्टाछुटै पुजा गर्ने गरिन्छ । सोहि अनुसार यस बर्ष नेपाल लगाएत संसार भर रहेका तमुहरु ले “हिल्हो” अर्थात बिरालो बर्ग रुपमा ल्होछार मनाउदै छन् । कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण तमु एबं नेपाली समुदायका सबैलाई तमु समाज अष्ट्रेलियाले अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागी तमु समाजका सदस्यहरु वा पोस्टरमा रहेका व्यक्तिहरु लाई सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेको छ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...