सिड्नीमा तमु ल्होछार २०२३ बिबिध कार्यक्रम सहित मनाइदै

सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै गुरुङ्हरुको परम्परा र संस्कृतिको जगेर्ना गर्दै आइरहेको संस्था तमु समाज अष्ट्रेलियाले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि बिबिध कार्यक्रम सहित ल्होछार २०२३ मनाउदै छ । आउँदो जनवरी ७ का दिन सिड्नी हर्सभिल मरना हलमा सांझ ५.३० बजेबाट तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा रात्री भोज, शुभकामना आदानप्रदान साथ यस बर्षको ल्होछार मनाउन लागिएको तमु समाजका सचिब अर्जुन गुरुङले जनाएका छन् । गुरुङका अनुसार बौद्ध पुजाबाट सुरु हुने उक्त कार्यक्रममा अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरु बिबिध संस्कृतिक प्रस्तुतिहरु, डिजे धमाका र अन्य बिबिध कार्यक्रमहरु रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि संस्थाले प्रति व्यक्ति टिकट दर ३५ डलर राखेको छ ।
गुरुङहरुको नयाँ बर्षको रुपमा ल्होछार मनाउने गर्दछन् जहां “ल्हो” को अर्थ नयाँ र “छार”को अर्थ बर्ष हो । ल्होछारमा बाँदर, सर्प, कुकुर्, घोडा, गिद्द्, बिरालो, मुसा, गाइ, भेडा, मृग्, बाघ्, चरा सहित १२ पशुपंक्षिहरुलाई हरेक बर्ष छुट्टाछुटै पुजा गर्ने गरिन्छ । सोहि अनुसार यस बर्ष नेपाल लगाएत संसार भर रहेका तमुहरु ले “हिल्हो” अर्थात बिरालो बर्ग रुपमा ल्होछार मनाउदै छन् । कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण तमु एबं नेपाली समुदायका सबैलाई तमु समाज अष्ट्रेलियाले अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागी तमु समाजका सदस्यहरु वा पोस्टरमा रहेका व्यक्तिहरु लाई सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेको छ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...