सिडनीमा तेस्रो पटक “माघी” मनाइदै   

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २०, २०७९
सिड्नी, अष्ट्रेलिया ।  २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द गर्दै, कला संस्कृतिको जगेर्ना गर्दै आफ्ना चाड पर्बहरु मनाउदै आइरहेको  थारु सोसाइटी अफ अष्ट्रेलियाले तेस्रो पटक बिबिध कार्यक्रम सहित थारू समुदायको महान चाड “माघी” पर्ब अष्ट्रेलियाको सिडनीमा हर्ष उल्लासका साथ मनाउदै छ ।  सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन  चौधरिले दिएको जानकारी अनुसार कार्यक्रम आउदो जनवरी १५ आईतबार (माघ १ ) का दिन मध्यान्ह १२ बजेबाट टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको विटलाम पार्कमा हुदैछ ।
कोभिड कारण बितेका २ बर्ष माघी सानो समुहमा मनाउनु परेकोमा यस पटक सबै संग भेटघाट र आत्मियता साटासाट गरेर थारू रिति रिबज अनुसारका नाच गान र खान पिन सहित सो कार्यक्रम मनाउन लगिएकोले उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम संबन्धि थप जानकारीका लागि अरुण चौधरीलाई 0401435959  वा  संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई  0411688798 सम्पर्क गर्न अनुरोध गरिएको छ।