सिड्नीमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुँदै

आगामी जुलाई २३ र २४ गते सिड्नीको Croydon Park स्थित कोरियन हलमा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त वाचनप्रवीण पण्डित श्री दीनबन्धु पोखरेलज्यूबाट महायज्ञ तथा दार्शनिक प्रवचन दिनुहुने जनाईएको छ ।
अष्ट्रेलियाको ब्यस्त दैनिकी बाट थोरै समय निकालेर आध्यात्मिक चिन्तनको माध्यामबाट सकारात्मक सोचको अभिबृद्धि गर्न कार्यक्रम सहयोगि सिद्ध हुने अपेक्षा गरिएको छ । कार्यक्रमबाट सङ्कल हुने रकम मध्ये दश प्रतिशत रकमबाट अष्ट्रेलियामा रहेका विद्यार्थीहरूको सहयोगार्थ ‘विद्यार्थी सहायता कोष’ खडा गरिने र बाँकी रकम ‘सडक मानवमुक्त नेपाल’को पवित्र अभिष्टा राखेर हेटौडा, चितवन, काठमाण्डौ लगाएत देशका बिभिन्न भागमा सञ्चालित ‘मानव सेवा आश्रम’को सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ । हालसम्म ४०० भन्दा बढी सडकपेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षीहरूलाई मानवीय उद्दार गरिसकेको मानव सेवा आश्रमले देशका अन्य भागमा पनि आफ्ना शाखाहरू विस्तार गर्दै गईरहेको छ भने अबको केही बर्षमा नै नेपाललाई सडक मानवमुक्त देश बनाउने लक्ष्यको साथ अघिबढिरहेको छ ।
श्रद्धालुभक्तजनहरूको सुविधाका लागि Campsie, Rockdale र Ashfield स्टेशनबाट घुम्तीबस सेवा समेत सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि प्रकाश- ०४४९ ९४९ २३२, ध्रुव-०४६८ ७८३ ३५० वा इश्वर०४५२ ५०० ३५६ लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...