१० दिनभित्रै सभामुख चयन हुने

काठमाडौं– प्रतिनिधिसभाले अबको केही दिनभित्रै नयाँ सभामुख पाउने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुस (जनवरी ९) मा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । उक्त समय आधार मान्दा माघ १० (जनवरी २४) सम्म सभामुख चयन गरिसक्नुपर्छ ।
डिसेम्बर २५ का दिन प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी जनवरी १० का दिन प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो ।
प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सभामुख निर्वाचन सूचना जारी गर्ने संसद् सचिवालय तयार छ । सचिवालयका एक अधिकारीका अनुसार जनवरी १२ मा सभामुखका लागि उम्मेदवारी दर्ता र जनवरी १३ मा निर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालका लागि आधाआधा कार्यकाल सभामुख भागबण्डा गर्ने सहमति भएको बताइन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...