यती एयरलाइन्सको विमान दुर्घटनाः फरेन्सिक विज्ञ टोलीद्वारा दुर्घटनामा निधन भएका यात्रुको पोस्टमार्टम प्रारम्भ

पोखरा– आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चार चालक दलसहित ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकामध्ये अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४२ जनाको शव पहिचान भएको छ ।
उक्त विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट पोखरा पुगेका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम थालेको छ । सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका फरेन्सिक विज्ञ चिकित्सकसहितका टिमले शव पहिचानका लागि पोस्टमार्टमको काम थालेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार काठमाडौंबाट आएका फरेन्सिक विज्ञ चिकित्सकको टिमले छलफलपछि पोस्टमार्टम कार्यलाई अगाडि बढाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषत्र डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् । विमान दुर्घटनामा परी ज्यान गुमाएकाको पहिचान तथा पोस्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिम बनाइएको छ । यद्यपि, पोखरामा आफन्त भएका नागरिकको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोस्टमार्टम गर्ने र पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...