आज शहीद दिवसः प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण

काठमाडौं– प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
यसैबीच, सहिद दिवसको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनु भएको थियो ।
यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीद पार्कको उद्घाटन गर्नु हुने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...