रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गर्दै ४० सदस्यीय बनाएको हो । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए । रास्वपाका अनुसार आजको बैठकले निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल, विन्दवासिनी कंसाकार, रूपा शंकर, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट,र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताएका छन् । उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पार । उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए । बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको उपमहासचिव बर्तौलाले बताए

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...