ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारी गम्भीर घाइते

काठमाडौं– नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् ।
भण्डारीको निवास बुद्धनगर, काठमाडौं मा बुधवार राति करिव १० बजे ग्यास सिलिण्डर विष्फोट भएको थियो । दुर्घटनामा भण्डारीकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छिन् ।
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालको आइसियुमा उपचार जारी छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिएका छन् । महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन् ।
चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ । उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर विष्फोट भएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...