यूएईमाथि नेपालको शानदार जीत

काठमाडौं– भीम सार्कीको ब्याटिङ र दीपेन्द्र सिंह ऐरीको बलिङमा नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जीत हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । नेपाली समयअनुसार सोमबार साँझ सम्पन्न भएको खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो । दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल विजयी भएको हो । योसंगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ ।
नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याए पनि ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनाएको यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रनको अर्धशतकीय ईनिङ खेले । आर्यन लाक्राले ५० रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले १३ रन बनाउँदा यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ तथा आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले ९९ बलमा ७० रन बनाए । भीमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।
आजको खेलसंगै नेपाल ३२ खेलमा १५ मा जीत र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...