माओवादी आन्दोलनका नेताहरूको बैठकले गर्यो यस्तो निर्णय

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा माओवादी विचार धारा भएका पार्टीहरुको बैठकले तीन बुँदै निर्णय गरेको छ । माओवादी आन्दोलनका विभिन्न दलका नेताहहरूको सहभागितामा भएकमो बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ ।

त्यस्तै संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत भएको छ भने शिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण पनि गरिएको छ ।
त्यस्तै विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ । पछिल्लो समय माओवादी विचार धारणा बोकेका पार्टीहरु एकजुट हुनुपर्ने धारणा प्रकट भैरहेको बेला मंगलबार बिहान बसेको यो बैठकले यी निर्णयहरु गरेको हो । विभाजनपछि माओवादी पृष्ठभूमिका नेता एउटै बैठकमा सहभागिभएको यो पहिलो घटना हो ।

द्वन्दकालिन घटनालाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएदेखि माओवादी पृष्ठभूमिका नेता एकै ठाउँमा आएका छन् । बैठकमा द्वन्दकालिन मुद्दा, बेपत्ता पारिएकाहरु तथा द्वन्द पीडितका सन्दर्भमा छलफल भैरहेको बताइन्छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसहित सीपी गजुरेल, डा.बाबुराम भट्टराई, खड्गबहादुर बिश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, आहुती, कर्णजीत बुढाथोकीलगायतका नेता सहभागि थिए ।