माओवादी आन्दोलनका नेताहरूको बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा माओवादी विचार धारा भएका पार्टीहरुको बैठकले तीन बुँदै निर्णय गरेको छ । माओवादी आन्दोलनका विभिन्न दलका नेताहहरूको सहभागितामा भएकमो बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ ।
त्यस्तै संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत भएको छ भने शिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण पनि गरिएको छ ।
त्यस्तै विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ । पछिल्लो समय माओवादी विचार धारणा बोकेका पार्टीहरु एकजुट हुनुपर्ने धारणा प्रकट भैरहेको बेला मंगलबार बिहान बसेको यो बैठकले यी निर्णयहरु गरेको हो । विभाजनपछि माओवादी पृष्ठभूमिका नेता एउटै बैठकमा सहभागिभएको यो पहिलो घटना हो ।
द्वन्दकालिन घटनालाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएदेखि माओवादी पृष्ठभूमिका नेता एकै ठाउँमा आएका छन् । बैठकमा द्वन्दकालिन मुद्दा, बेपत्ता पारिएकाहरु तथा द्वन्द पीडितका सन्दर्भमा छलफल भैरहेको बताइन्छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसहित सीपी गजुरेल, डा.बाबुराम भट्टराई, खड्गबहादुर बिश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, आहुती, कर्णजीत बुढाथोकीलगायतका नेता सहभागि थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...