पिएनजीविरुद्ध नेपालको शानदार जीत

काठमाडौं– नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वनडे इन्टरनेशनल सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) लाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार बिहान टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो । २९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी २४५ रनमा अलआउट भएको हो ।
पिएनजीलाई लक्ष्य नजिक पुग्न नदिन नेपालका स्टार बलर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ३७ रन दिँदै पिएनजीका चार विटेक लिएका हुन् । सन्दीपसंगै नेपालका दीपेन्द्र ऐरीले दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए । पिएनजीका ओपनर टोनी उराले ५०, किप्लिन डोरिगाले २५, आसद भालाले ४२ रनको योगदान दिए । अन्तिमसम्म संघर्ष गरेका नोर्मान भनुवाले ६० रन बनाए ।
यसअघि नेपाल वनडे इन्टरनेशनलको इतिहासकै विशाल योगफल तयार पारेको थियो । नेपालका ओपनरको उत्कृष्ट सुरुवातमा नेपालले रनको विशाल योगफल तयार पार्न सफल भएको हो । तर, नेपाली खेलाडी पूरै ओभर क्रिजमा टिक्न भने सकेनन् । ओपनर आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे । साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् ।
पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।
बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ विकेट तथा अलि नावले एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...