पिएनजीविरुद्ध नेपालको शानदार जीत
काठमाडौं– नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वनडे इन्टरनेशनल सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) लाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार बिहान टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो । २९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी २४५ रनमा अलआउट भएको हो ।
पिएनजीलाई लक्ष्य नजिक पुग्न नदिन नेपालका स्टार बलर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ३७ रन दिँदै पिएनजीका चार विटेक लिएका हुन् । सन्दीपसंगै नेपालका दीपेन्द्र ऐरीले दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए । पिएनजीका ओपनर टोनी उराले ५०, किप्लिन डोरिगाले २५, आसद भालाले ४२ रनको योगदान दिए । अन्तिमसम्म संघर्ष गरेका नोर्मान भनुवाले ६० रन बनाए ।
यसअघि नेपाल वनडे इन्टरनेशनलको इतिहासकै विशाल योगफल तयार पारेको थियो । नेपालका ओपनरको उत्कृष्ट सुरुवातमा नेपालले रनको विशाल योगफल तयार पार्न सफल भएको हो । तर, नेपाली खेलाडी पूरै ओभर क्रिजमा टिक्न भने सकेनन् । ओपनर आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे । साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् ।
पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।
बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ विकेट तथा अलि नावले एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...