पिएनजीविरुद्ध नेपालको उत्कृष्ट जीत

काठमाडौं– विश्वकप लिग २ अन्तर्गतको भरखरै सम्पन्न खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज कीर्तिमानी जीत हासिल गरेको छ । पिएनजीविरुद्ध उत्कृष्ट बलिङ गर्दै ९५ रनमा समेट्न सफल भएको नेपालले विष्फोटक ब्याटिङसहित ७.४ ओभरमै लक्ष्य भेट्याएको हो ।
जवाफ ब्याटिङ गर्ने क्रममा नेपालका आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गर्दै २१ बलमा ८ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक पनि हो । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएर आउट भए भने कुशल मल्ले १२ रन बनाए । पिएनजीका चाड सोपरले एक विकेट लिए ।
त्यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीलाई सस्तैमा समेटेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पिएनजीमाथि खेलको प्रारुम्भ देखि नै दवावमा राखेको थियो । पीएनजीले ३२ ओभरमा सबै विकेट गुामएर ९५ रनमा बनाउन सफल भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पिएनजीका महत्वपूर्ण पाँच महत्वपूर्ण विकेट लिएका छन् । आजको खेलमा नेपालका स्पिनरहरु चम्किँँदा पिएनजी ३२ ओभरमै अलआउट भयो । योसंगै आजको खेल जित्नका लागि नेपालले ५० ओभरमा ९६ रन बनाउने लक्ष्य पाएको छ ।
आजको खेलमा ललित राजवंशी तथा कुशल मल्लले समान दुई–दुई विकेट लिए । राजवंशीले ७ ओभरमा एक मेडन ओभर बलिङ गर्दै १३ रन दिएर २ विकेट लिए । उनले १।८५ को औषतमा रन दिएका थिए । त्यस्तै कुशल मल्लले तीन ओभरमा एक मेडन राख्दै ६ रन दिएर दुई विकेट लिन सफल भए । सोमपाल कामीले पनि एक विकेट लिए । पिएनजीका कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए भने सेसे बाउले १८, चाल्र्स अमिनीले १६ तथा हिरी हिरीले १४ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...