पिएनजीविरुद्ध नेपालको उत्कृष्ट जीत
काठमाडौं– विश्वकप लिग २ अन्तर्गतको भरखरै सम्पन्न खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज कीर्तिमानी जीत हासिल गरेको छ । पिएनजीविरुद्ध उत्कृष्ट बलिङ गर्दै ९५ रनमा समेट्न सफल भएको नेपालले विष्फोटक ब्याटिङसहित ७.४ ओभरमै लक्ष्य भेट्याएको हो ।
जवाफ ब्याटिङ गर्ने क्रममा नेपालका आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गर्दै २१ बलमा ८ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक पनि हो । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाएर आउट भए भने कुशल मल्ले १२ रन बनाए । पिएनजीका चाड सोपरले एक विकेट लिए ।
त्यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीलाई सस्तैमा समेटेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पिएनजीमाथि खेलको प्रारुम्भ देखि नै दवावमा राखेको थियो । पीएनजीले ३२ ओभरमा सबै विकेट गुामएर ९५ रनमा बनाउन सफल भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पिएनजीका महत्वपूर्ण पाँच महत्वपूर्ण विकेट लिएका छन् । आजको खेलमा नेपालका स्पिनरहरु चम्किँँदा पिएनजी ३२ ओभरमै अलआउट भयो । योसंगै आजको खेल जित्नका लागि नेपालले ५० ओभरमा ९६ रन बनाउने लक्ष्य पाएको छ ।
आजको खेलमा ललित राजवंशी तथा कुशल मल्लले समान दुई–दुई विकेट लिए । राजवंशीले ७ ओभरमा एक मेडन ओभर बलिङ गर्दै १३ रन दिएर २ विकेट लिए । उनले १।८५ को औषतमा रन दिएका थिए । त्यस्तै कुशल मल्लले तीन ओभरमा एक मेडन राख्दै ६ रन दिएर दुई विकेट लिन सफल भए । सोमपाल कामीले पनि एक विकेट लिए । पिएनजीका कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए भने सेसे बाउले १८, चाल्र्स अमिनीले १६ तथा हिरी हिरीले १४ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...