यूएईलाई हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहिबार त्रिवि क्रिकेट मैदानमा यूएईसँग भएको वन डे इन्टरनेशनलमा नेपालले ऐतिहासिक जीत हासिल गरेको छ । खराब प्रकाशका कारण कारण डीएल (डकवर्थ लेविस) नियम अनुसार नेपालले ९ रनको जीत हासिल गरेको हो । आजको जीतसंगै नेपाल विश्वकप छनोटमा पुगेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो महत्व बोकेको खेल हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।
आजको खेलमा चार जना खेलाडीले आकर्षक अर्धशतक प्रहार गरे । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख तथा गुल्शन झाको आकर्षक अर्धशतक नेपालको जीतका लागि सहायकसिद्ध भए । उनीहरुको योगदानकै कारणले नेपाल विश्वकप क्वालिफायरमा पुग्न सफल भएको हो ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो । आजको खेलमा यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए भने ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ खेलमा लगातार जीत हात पारेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...