उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

काठमाडौं– उपराष्ट्रपति पदका लागि शुक्रवार भएको निर्वाचनको मत परिणाम अनुसार रामसहायप्रसाद यादव विजयी भएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी निर्वाचित भएका हुन् । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनले सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी भएका हुन् ।
यादव जनता समाजवादी पार्टी जसपा तथा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरिन् । जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गरिन् । त्यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गरित् छ ।
उपराष्ट्रपति पदमा निर्वाचित यादव बाराको सिम्रौनगढ नगरपालिका–९, बसरियाको स्थानीय हुन् । उनी मधेश केन्द्रित दल मधेशी जनअधिकार फोरम, सङ्घीय समाजवादी फोरम हुँदै मधेश आन्दोलनमा सक्रिय नेताको रुपमा परिचित छन् । उनी २०६५ सालदेखि जनता समाजवादी पार्टीको महासचिव पदमा नेतृत्वमा रहे ।
उनी २०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए भन् २०७९ सालमा सम्पन्न प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भए । यादव गत मङ्सिर ४ मा बारा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद भएका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम उपराष्ट्रपति पदमा निर्वाचित हुनेको सांसद पद भने स्वतः रिक्त हुने व्यवस्था छ । ५२ वर्षीया यादव बुवा प्रसादराय र आमा सिहवा देवीको छोरा हुन् । यादवले २०६२–६३ को दोस्रो जनआन्दोलन र २०६४ को मधेश आन्दोलनको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै नेपाली राजनीतिको नेतृत्व तहमा रहेर सहकार्य गर्दै आएका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी शिक्षण पेशामा आबद्ध थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...