प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा ९एकीकृत समाजवादी०, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका थिए । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत हुन् । माओवादी केन्द्र ३२ सिटसहित संसद्को तेस्रो ठूलो दल हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात् प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । सरकार गठनपछि पहिलो पटक विश्वासको मत लिने क्रममा पुस २६ गते प्रधानमन्त्रीले ऐतिहासिक बहुमत प्राप्त गरेका थिए । पहिलो पटक उनले प्रतिनिधि सभाको कुल सदस्य दुई सय ७५ मध्ये पक्षमा दुई सय ६८ मत पाएका थिए । अघिल्लो गठबन्धनभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिलेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...