थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गरेका हुन् । नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन् ।
नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गरेका हुन् । खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बने । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो । दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...