थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गरेका हुन् । नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन् ।
नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गरेका हुन् । खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बने । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो । दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...