आज विश्व रंगमञ्च दिवस

काठमाडौं– आज विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाईन्छ । ‘थिएटर एण्ड ए कल्चर अफ पिस’ २०२३ विश्व रंगमञ्च दिवसको मूल नारा रहेको छ । यो नाराले विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवद्र्धनमा रंगमञ्चको महत्वलाई जनाउँछ । अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएदेखी विश्व रंगमञ्च दिवस मनाउँन थालिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ । र, यूनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । यसको आफ्नो छुट्टै महत्व रहेको छ ।
यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य, महत्व र मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाईन्छ। र,यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई प्रष्ट पार्दछ । नेपालमा रंगमञ्चलाई समग्र मानव जीवनलाई नै चित्रण गर्ने प्रभावशाली विधाको रुपमा लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन मानीसको कलालाई प्रस्तुत गर्न नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । उपयूक्त श्रोत साधनहरुको कमिका कारण नेपाली नाटकलाई बिश्व रगंमञ्चका रुपमा विकास गर्न नसकेको रंकर्मीहरुले गुनासो गरिरहेका छन् । यस अवस्थामा रंगमञ्चको ब्यवस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...