आज विश्व रंगमञ्च दिवस

काठमाडौं– आज विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाईन्छ । ‘थिएटर एण्ड ए कल्चर अफ पिस’ २०२३ विश्व रंगमञ्च दिवसको मूल नारा रहेको छ । यो नाराले विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवद्र्धनमा रंगमञ्चको महत्वलाई जनाउँछ । अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएदेखी विश्व रंगमञ्च दिवस मनाउँन थालिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ । र, यूनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । यसको आफ्नो छुट्टै महत्व रहेको छ ।
यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य, महत्व र मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाईन्छ। र,यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई प्रष्ट पार्दछ । नेपालमा रंगमञ्चलाई समग्र मानव जीवनलाई नै चित्रण गर्ने प्रभावशाली विधाको रुपमा लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन मानीसको कलालाई प्रस्तुत गर्न नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । उपयूक्त श्रोत साधनहरुको कमिका कारण नेपाली नाटकलाई बिश्व रगंमञ्चका रुपमा विकास गर्न नसकेको रंकर्मीहरुले गुनासो गरिरहेका छन् । यस अवस्थामा रंगमञ्चको ब्यवस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...