थ्री नेसन्स कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं– नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल प्रवेश गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब यही शुक्रवार लाओससँग खेल्नेछ । खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गर्नु भएको हो । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नु भएको हो । नेपाल र भुटानले एक-एकको बराबरी खेलेका हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो ।
नेपाल र भुटानको यो १३ औं खेल हो। १२ खेल जितेको नेपालले १३ औं खेलमा बराबरी गरेको हो । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोली फाइनल पुगेका हुन् । नेपाल समूह विजेता बन्दै फाइनल पुगेको हो भने लाओस उपविजेता बन्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले ५ हजार र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...