थ्री नेसन्स कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं– नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल प्रवेश गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब यही शुक्रवार लाओससँग खेल्नेछ । खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गर्नु भएको हो । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नु भएको हो । नेपाल र भुटानले एक-एकको बराबरी खेलेका हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो ।
नेपाल र भुटानको यो १३ औं खेल हो। १२ खेल जितेको नेपालले १३ औं खेलमा बराबरी गरेको हो । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोली फाइनल पुगेका हुन् । नेपाल समूह विजेता बन्दै फाइनल पुगेको हो भने लाओस उपविजेता बन्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले ५ हजार र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...