उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको नामावली प्रकाशन

काठमाडौं– बारा, चितवन तथा तनहुँका तीन भिन्न निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज बुधवार प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी र त्यसविरुद्ध परेका उजुरीको जाँचबुझ गर्नेछ र आजै साँझ ६ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गर्ने तालिका छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
त्यसका लागि सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको थियो । उम्मेदवारहरूविरुद्ध उजुरीका लागि मंगलबार समय छुट्याइएको थियो ।
बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ताका लागि आयोगले समय तोकिएको । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् ।
तीन निर्वाचन क्षेत्र उपनिर्वाचनमा ६९ जनाको उम्मेदवारी
वैशाख १० गते हुने तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ जनाको उम्मेदवारी परेको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा निर्धारित उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकोमा उक्त सङ्ख्यामा उम्मेदवारी परेको हो । निर्वाचन आयोगका अनुसार बारा–२ मा सबैभन्दा बढी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये १२ जनाले राजनीतिक दलबाट र २४ जनाले स्वतन्त्र निर्वाचन चिह्न पाउने गरी उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएकोमा १२ जना राजनीतिक दलबाट र १२ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तनहुँ–१ मा नौ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छैन । उपनिर्वाचन कार्यक्रमबमोजिम चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । वैशाख १० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...