दोस्रो खेलमा पनि पराजित भएपछि नेपालको ओलम्पिक यात्रा समाप्त

काठमाडौं– पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा वरियताको ३३ औं स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो । घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो ।
शुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दैै खेलमा फर्किने संकेत देखाएपनि असफल रह्यो । पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन् । खेलको छैठौं मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो । नेपाली टोलीको रक्षा पंक्तिले किलियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन् । त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन् । ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरुकोको बीचबाट आकर्षक शैलिमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन् । २३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन् । पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो । घरेलु टोलीबिरुद्ध सहज जित निकालेको भियतनाम लागातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...