नेपालमा मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, गभर्नर भन्छन्– ‘वित्तीय क्षेत्र सुरक्षित छ’

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय संस्थामा पुँजी पर्याप्तता, बढ्दो रेमिटेन्स तथा अघिल्लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिएका कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीको भनाइ छ – ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन् ।’
गभर्नर अधिकारीले औसत रेमिटेन्स आर्थिक वर्षको प्रत्येक महिना ९९ अर्ब रुपैयाँ रहेकोसमेत जानकारी दिएका छन् । ‘अघिल्लो वर्षको चालुआर्थिक घाटा उल्लेख्य रुपमा सुधार भएको र फागुन मसान्तसम्म ४४ अर्ब ३१ करोड पुगेको छ, गभर्नर अधिकारीका अनुसार विदेशी विनिमय संचिती सुविधाजनक स्थितीमा आइपुगेको छ । गत असार मसान्तमा १२ सय १५ अर्ब संचिती रहेकोमा अहिले १४ सय १ अर्ब संचिती पुगेको छ । जसले ९.४ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने उनको भनाइ छ ।
मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो
यसैबीच, चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्त सम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो ।
चालु आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५ दशमलव तीन प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव आठ प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ बराबर रहेको छ ।
अहिलेको विदेशी विनिमय सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च सात खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन पाँच खर्ब ८२ अर्ब ७७ करोड बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले घटेकोछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



