आजदेखि नयाँ वर्ष २०८० प्रारम्भ

काठमाडौं– आज नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात वैशाख १ गते शुक्रवार । आजदेखि हामी सम्पूर्ण नेपाली नयाँ वर्षसंगै नयाँ दशकमा समेत प्रवेश गर्दैछौं । आजदेखि विक्रम संवत २०८० प्रारम्भ भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन अर्थात आज वैशाख १ गतेलाई नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले हर्षोल्लासका साथ एक–आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालसहित नेपालीहरु बसोबास गरेका विदेशका हरेकका हरेक ठाउँमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछन् ।
यसका साथै अधिकांश व्यक्तिहरुले अघिल्लो वर्ष गरेका कामको सफलता अथवा असफलतालाई मूल्यांकन गर्दै असफलता दोहोरिन नदिने तथा सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं संकल्प गर्ने परम्परा पनि छ । आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदान–प्रदान चलन पनि छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । छिमेकी बंगलादेशमा पनि वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ ।
सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । कलियूग प्रारम्भ भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् प्रारम्भ भएको मानिन्छ । नयाँ वर्ष २०८० को अवसरमा द नेपाली टाइम्स परिवार सम्पूर्ण पाठक तथा शुेभक्क्षुकहरुमा मंगलमय शुभाकामना व्यक्त गर्दछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...