परराष्ट्रमन्त्री साउदद्वारा राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । उनी नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री पनि हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका साउद प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनी नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित छन् ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गरेका छन् । उनले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...