हास्य श्रृंखला ‘हाक्का हाक्की’ को ५१ औं भाग

काठमाडौं— लोकप्रिय हास्य श्रृंखला ‘हाक्का हाक्की’ प्रसारणको ५१ औं भाग पुरा गरेको अवसर पारेर काठमाडौंमा एउटा रमाइलो कार्यक्रम आयोजना गरेको छ । नेपाल टेलिभिजनबाट प्रत्येक आइतबार राती ८:५० बजे प्रसारण हुने यो हास्य श्रृंखलाले प्रसारणको ५१ औं भाग पुरा गरेको अवसरमा उप–राष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा एउटा समारोह आयोजना गरेको हो ।
वैशाख १२ को भूकम्प तथा भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन असामान्य भैरहँदा समेत प्रसारणलाई निरन्तरता दिएको यो हास्य श्रृंखला पछिल्लो समय दर्शकमाझ समेत उत्तिकै लोकप्रिय छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले यो श्रृंखलाले दु:ख तथा वेदनामा रहेका नेपालीहरुको मुहारमा खुशी ल्याउन सहयोग पुर्याएको बताउनु भयको छ ।
प्रसारणको एक वर्ष पुरा भएको खुशीयाली साटासाट गर्न आयोजित समारोहमा सभासद निर्मल कुइँकेल, मिडिया हवका अध्यक्ष सोम धिताल, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धिताल, नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक दिपकमणि धिताल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलकार संघका अध्यक्ष रामकेशर बोगटी, प्रिज्मा एड्भर्टाइजिङका प्रवन्ध निर्देशक रन्जित आचार्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कानुन ब्यवसायी भोजराज रेग्मी आदिद्वारा टेलिश्रृंखलाले देश, काल–परिस्थितिलाई समेटेर लगातार रुपमा प्रसारण भैरहेको छुट्टै पहिचान बोकेको श्रृंखलाको रुपमा प्रसंसा गरिएको थियो ।
समारोहमा श्रृंखलाका कलाकारहरुका साथै सञ्चारकर्मीहरु कृष्ण भट्टराई, विदुर गिरि तथा सुर्य चन्दलाई सम्मान समेत गरिएको थियो । राम थापाद्वारा निर्मित तथा दमन रुपाखेतीद्वारा निर्देशित यो हास्य श्रृंखलामा दमन रुपाखेती, राजु भुजु, कविता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, शिब शर्मा (भुकम्प माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल, मणिराज काफ्ले, सरस्वति खड्का थापा, कुसलभ केसी, गोविन्द खतिवडा आदि कलाकारले अभिनय गरिरहेका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...