हास्य श्रृंखला ‘हाक्का हाक्की’ को ५१ औं भाग

काठमाडौं— लोकप्रिय हास्य श्रृंखला ‘हाक्का हाक्की’ प्रसारणको ५१ औं भाग पुरा गरेको अवसर पारेर काठमाडौंमा एउटा रमाइलो कार्यक्रम आयोजना गरेको छ । नेपाल टेलिभिजनबाट प्रत्येक आइतबार राती ८:५० बजे प्रसारण हुने यो हास्य श्रृंखलाले प्रसारणको ५१ औं भाग पुरा गरेको अवसरमा उप–राष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा एउटा समारोह आयोजना गरेको हो ।
वैशाख १२ को भूकम्प तथा भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन असामान्य भैरहँदा समेत प्रसारणलाई निरन्तरता दिएको यो हास्य श्रृंखला पछिल्लो समय दर्शकमाझ समेत उत्तिकै लोकप्रिय छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले यो श्रृंखलाले दु:ख तथा वेदनामा रहेका नेपालीहरुको मुहारमा खुशी ल्याउन सहयोग पुर्याएको बताउनु भयको छ ।
प्रसारणको एक वर्ष पुरा भएको खुशीयाली साटासाट गर्न आयोजित समारोहमा सभासद निर्मल कुइँकेल, मिडिया हवका अध्यक्ष सोम धिताल, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धिताल, नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक दिपकमणि धिताल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलकार संघका अध्यक्ष रामकेशर बोगटी, प्रिज्मा एड्भर्टाइजिङका प्रवन्ध निर्देशक रन्जित आचार्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कानुन ब्यवसायी भोजराज रेग्मी आदिद्वारा टेलिश्रृंखलाले देश, काल–परिस्थितिलाई समेटेर लगातार रुपमा प्रसारण भैरहेको छुट्टै पहिचान बोकेको श्रृंखलाको रुपमा प्रसंसा गरिएको थियो ।
समारोहमा श्रृंखलाका कलाकारहरुका साथै सञ्चारकर्मीहरु कृष्ण भट्टराई, विदुर गिरि तथा सुर्य चन्दलाई सम्मान समेत गरिएको थियो । राम थापाद्वारा निर्मित तथा दमन रुपाखेतीद्वारा निर्देशित यो हास्य श्रृंखलामा दमन रुपाखेती, राजु भुजु, कविता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, शिब शर्मा (भुकम्प माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल, मणिराज काफ्ले, सरस्वति खड्का थापा, कुसलभ केसी, गोविन्द खतिवडा आदि कलाकारले अभिनय गरिरहेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...