एसीसी प्रीमियर कपको उपाधि नेपाललाई

काठमाडौं– नेपालले एसीसी प्रीमियर कपमा ऐतिहासिक जीत हासिल गरेको छ । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै यूएईलाई ११७ रनमै रोकेपछि पाएको ११८ रनको लक्ष्यलाई नेपालले तीन विकेटको क्षतीमै भेट्टाएको हो । नेपालका गुल्सन झाले उत्कृष्ट ६७ तथा भिम सार्कीले ३६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको हो । यो जीतसंगै नेपाल एसिया कपमा सोझै छनोट भएको छ ।
गुल्सन झा र भीम सार्कीले चौथो विकेटका लागि गरेको साझेदारीका कारण नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसियाकपमा स्थान सुरक्षित गरेको हो । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३ बलमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । नेपालले ७ विकेटले जीत पार्दा गुल्सन झा र भीम सार्कीले जमेर प्रदर्शन गरे । नेपालका लागि मध्यम गतिका बलरको रुपमा चिनिएका अलराउण्डर झाले ८४ बलको सामना गर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाए ।
यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे । वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलवार बिहान ९ बजेदेखि प्रारम्भ सुरु भएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेला भएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...