गायक चेतन राईको चौथो एल्बम ‘स्टेज’ सार्वजनिक, मन पराइयो सल्यानको पर्यटन प्रवद्र्धन गर्ने भिडियो

काठमाडौं– डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार चेतन राईले आफ्नो चौथो एकल एल्बम सार्वजनिक गरेका छन् । हालै गायक राईको गृह जिल्ला सल्यानमा आयोजित एक विशेष समारोहमा उनको चौथो एकल एल्बम ‘स्टेज’ विमोचन गरिएको छ । खलंगामा आयोजित समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक राईको उक्त एल्बम विमोचन गरेका हुन् ।
यो एल्बममा आधुनिक शैलीका आधा दर्जन गीतहरु समावेश गरिएको गायक राईले बताएका छन् । एल्बममा सल्यानको पर्यटनलाई प्रवद्र्धन गर्ने शैलीको गीत पनि समावेश छ भने एउटा राष्ट्रिय गीत पनि समावेश गरिएको गायक राईले बताएका छन् । समारोहमा उक्त एल्बममा समावेश सल्यानको पर्यटनलाई टेवा पुर्याउने उदेश्यले तयार पारिएको गीत ‘कुपिण्डे तालैमा..’ को म्युजिक भिडियो प्रीमियर गरियो । शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सविन हमालले ‘कुपिण्डे तालैमा’ गीतको म्युजिक भिडियो प्रीमियर गरेका थिए ।
शारदा नगरपालिका तथा त्रिवेणी गाउँपालिकाको सहयोगसमेत रहेको म्युजिक भिडियोमा सल्यानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ । उक्त गीतमा गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छिन् । गीतमा गायक राईकै शब्द तथा गायक राई र सूर्य रुम्वाको संगीत छ भने मनोज थापा मगरले यसलाई संगीत संयोजन गरेका छन् । फराज अर्पणद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा नेहा तामाङ, अभिलाषा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भट्टराई, प्रकाश लामिछाने, प्रितिका सिंह आदि कलाकारले अभिनय गरेका छन् ।
आफ्नो एकल एल्बम तथा म्युजिक भिडियो सार्वजनिक भएपछि गायक राईले सल्यान जिल्लालाई चिनाउने उद्धेश्यले स्थानीय तहसंगको सहकार्यमा म्युजिक भिडियो बनाईएको तथा गीत र भिडियोलाई सबैले माया गरिदिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, वडाअध्यक्ष सविन हमालले एल्बम तथा गीतको सफलताको शुभकामना दिए । विमोचन समारोहमा लायन्स क्लब सल्यानका अध्यक्ष प्राण राईले गायक चेतन राईलाई कदरपत्रसहित सम्मान गर्दै गीतको सफलताको शुभकामना दिए ।
गायक राईले यसअघि सेभेन, साउण्ड, स्टेप शीर्षकका एकल एल्बम सार्वजनिक गरिसकेका छन् । एक दुई तीन रमाइलो छ यो दिन, तिमी धुन बन म गीत गाउँछु, नाम्चे बजार, मरेर के लानु छ आदि गीतहरु लोकप्रिय छन् ।
https://youtu.be/Ijlb6aD6WQ0
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



