रास्वपा सरकारमा नजाने, फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वका वर्तमान सरकारमा नजाने निर्णय गरेको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ । सोमबारको निर्णयअनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभापति लामिछानेको पटक–पटकको वार्ता सकारात्मक दिशातिर अघि नबढेपछि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिर बस्ने निर्णय भएको छ । यो निर्णयसँगै अब पुस १० देखि प्रचण्ड सरकारसँगको सहकार्य पनि टुंगिएको छ, ती सांसदले भने । गत वैशाख १० गते रवि चितवन २ को उपनिर्वाचनबाट विजयी भएसँगै सरकारमा फर्किने चर्चा थियो । त्यसकै लागि प्रधानमन्त्री प्रचण्डले रविसँग वार्ता गरेका थिए । तर रास्वपाले आफूहरु सात दलीय गठबन्धनमा हुँदा न्यूनतम् साझा कार्यक्रममा राखिएका भ्रष्टाचारसम्बन्धी बुँदा हटाइएको भन्दै असन्तुष्टि जनाएको थियो । यसलाई लिएर प्रचण्डले न्यूनतम् साझा कार्यक्रम संशोधन गरेर भ्रष्टाचारका जुनसुकै फाइल खोल्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि, लामिछानेले यसअघि पाएका साविककै मन्त्रालयमा आफ्नो अडान राखेका थिए । लामिछानेको मागबीच बुधबार प्रचण्डले कांग्रेसबाट तीन मन्त्री थपेसँगै रास्वपाको सरकार यात्रा संकटमा परेको थियो । यसैबीच, लामिछानेलाई प्रतिपक्षमा लैजान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमै बोलाएर वार्ता गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



