वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ। संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो। खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।
ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो र आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । विसं २०१८ मा कोलकातामा उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा कार्यरत रहनु भयो । उहाँलाई २०२७ सालमा गोरखा दक्षिण बाहुले सम्मान गरिएको थियो । जीवन रेखा, मनको बाँध, मेरो देश, सपना कतिपय लागाएतका नेपाली चलचित्रहरुमा उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै पहाड चिच्याइरहेछ, फर्केर हेर्दा, जब घाम लाग्छ लगाएतका नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’ मा समेत उहाँले सङ्गीत भर्नुभएको थियो । त्यसै गरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० लोकप्रिय र कालजयी नेपाली गीतहरुमा र नेपालको राष्ट्रिय गीतमा समेत सङ्गीत भर्नुभएको थियो ।
गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । नेपाली गीत संगीत क्षेत्रका अमर नक्षत्र आदरणीय गुरुङ प्रति हार्दिक श्रदान्जली ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...