पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको छन् । खाँडलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनको निवासबाटै नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दिपेन्द्र जिसीले पूर्व गृहमन्त्री खाण पक्राउ परेको जानकारी दिए । उनले भने– ‘बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो । थप अनुसन्धान गर्नु पर्ने भएको हुँदा उनलाई पक्राउ गरिएको हो ।’
नेपाली नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा प्रहरीेले यसअघि आठ अभियुक्त पक्राउ गरिसकेको छ । उनीहरुको बयानका आधारमा मन्त्री खाणलाई प्रहरीले पक्राउ गरेको हो । रकम लेनदेनमा पनि मन्त्री खाणको संलग्नता देखिने ठोस प्रमाण प्रहरीले फेला परेको छ ।
यसैबीच, पूर्व गृहमन्त्री खाँण हिजो मंगलबारदेखि नै मोबाइल अफ गरेर बसेको पाइएको छ । दुई दिनअघि प्रहरीमा कागज गरेर फर्किएका उनले हिजोदेखि मोबाइल अफ गरेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले उनलाई आज बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...