‘भ्रष्टाचारको जालो तोड्ने क्रममा जनताको सहयोगले सरकारलाई थप उर्जा’
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको कार्वाहीमा आम जनताले दिएको साथले सरकारलाई थप उर्जा मिलेको टिप्पणी गरेको छन् । शनिवार लोक साहित्यकार, संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको जालोलाई तोड्ने क्रममा गरेको काममा आम जनताको सहयोगले सरकारलाई थप उर्जा मिलेको बताएका हुन् । ‘समृद्धिको कुरा गर्ने भाषण गर्ने तर कमिसनको जालो र भ्रष्टाचारको जालोलाई तोड्न नसक्ने हो भने सुशासन स्थापित गर्न नसक्ने पुष्टि भईसकेको छ । अहिले सरकार सुशासनलाई स्थापित गर्ने समृद्धिको यात्रालाई तीव्र गर्ने कुरालाई गर्ने र सामाजिक न्याय स्थापित गर्ने कुरामा दृढ छ । त्यही क्रममा केही कार्वाही अगाडि बढेको छ यस प्रकारको आम समर्थन स्थिर छ । त्यसले सरकारलाई उर्जा दिएको छ । बलियो बनाएको छ । सबैको साथ सहयोगबाट समर्थन सहित सुशासनको अभियान अगाडि बढाइने छ, मन्त्री श्रेष्ठको भनाइ छ ।
गृहमन्त्रीले समस्या र चुनौतीहरुलाई चिर्दै समृद्धिको लक्ष हासिल गर्नुको कुनै अर्को विकल्प नभएको तर्क गरे । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनले मात्र समृद्धिको लक्ष हासिल गर्न सकिने उनको भनाई छ । मन्त्री श्रेष्ठको भनाइ छ – ‘नेपाली जनताले जे अपक्षा गरेका थिए, जे आजको आवश्यकता छ । नेपालको राजनीतिक परिवर्तनले जे निर्देशन दिएको थियो त्यो स्तरको समृद्धिको लक्ष्य हामीले हासिल गर्न सकेका छैनौँ । थुप्रै समस्या र चुनौतीहरु छन् । त्यसलाई समाधान गर्दै र चिर्दै समृद्धिको लक्ष हामीले हासिल गर्न पुग्नै पर्छ त्यसको कुनै अर्को विकल्प छैन् । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनको पहिलो सर्त हो ।’ मन्त्री श्रेष्ठले डा.स सत्यमोहन जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्न र उनको योगदानलाई अगाडि बढाउन स्थापित संथाहरुलाई सहयोग गर्न सरकारको तर्फबाट सहयोग गर्ने वचन दिए ।
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...