नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँडसहित १२ जना थप चार दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं– काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । अदालतले नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर छानविन गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयको प्रस्ताव अनुरुप अनुसन्धानका लागि ४ दिन म्याद थपिएको अदालतले जनाएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्ररणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, सरकारका सचिव टेकनारायण पाण्डे, निलम्बित एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, र यस प्रकरणमा महत्वपूर्ण भुमिका खेल्ने केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई, खाँणका पूर्व स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी र सन्देश शर्मा रहेका छन् । अदालतले ४ दिन भित्र अनुसन्धान प्रक्रिया सक्न पनि जिल्ला सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको छ । यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...