सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमान

काठमाडौं– नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यो उपलब्धिसंगै उनले आफ्नै पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
शेर्पाले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक अंगको रूपमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् । ५३ वर्षीय शेर्पा पछिल्लो दुई दशकभन्दा लामो समयदेखि हिमाल आरोहण गर्दै आएका छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...