सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमान

काठमाडौं– नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यो उपलब्धिसंगै उनले आफ्नै पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
शेर्पाले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक अंगको रूपमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् । ५३ वर्षीय शेर्पा पछिल्लो दुई दशकभन्दा लामो समयदेखि हिमाल आरोहण गर्दै आएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...