काभा महिला च्यालेन्ज कपमा नेपालको सुखद् शुरुवात

काठमाडौं– सोमबारदेखि काठमाडौंमा प्रारम्भ भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । घरेलु कोर्ट र समर्थकका साथ पाएको नेपालले शुरुवातबाट नै किर्गिस्तानलाई दबाबमा राख्दै खेलेको थियो । त्यस क्रममा नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५–११ ले पक्षमा पारेको थियो ।
दोस्रो सेटमा केही सुधारिएको खेल देखाएपछि किर्गिस्तानमाथि नेपाल हावी नै रह्यो । २५–१९ ले पक्षमा पार्दै २–० ले अगाडि बढेको नेपालले तेस्रो सेटमा २५–११ ले आफ्नो बनाउँदै पहिलो खेलमा सुखद् शुरुवात गरेको हो । जित सँगै समूह ए मा रहेको नेपालले स्पष्ट तीन अंक जोडेको छ । किर्गिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ ।
यस्तै च्यालेन्ज कपको समूह ‘बी’ मा उज्वेकिस्तान र समूह ए अन्तर्गतको खेलमा भारतले विजयी शुरुवात गरेका छन् । कभर्डहलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दा भारतले पनि बंगलादेशलाई सोझै सेटमा स्तब्ध बनायो । पहिलो सेटमा २७–२५ को प्रतिष्पर्धात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । पहिलो सेटमा कठिन चुनौति दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न असफल भएको थियो । श्रीलंकाबिरुद्ध हाबी बनेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो शुरुवात गरेको हो । यस्तै, भारतसामु निरीह बनेको बंगलादेश २५–३, २५–९ र २५–६ को सेटमा पराजित भयो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...