काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो

काठमाडौं– उज्वेकिस्तानलाई ३—२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३—२ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो । पहिलो सेट २५—२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जीत निकाल्दै तेस्रो स्थान हासिल गर्यो ।
दोस्रो सेटमा उज्वेकिस्तानलाई २५–१६ ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशः २५—१५ र २५—१३ को जीत निकाल्यो । सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए । आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो भने काजकिस्तान समूह बीमा अपराजित रह्यो । जेठ ८ गतेदेखि प्रारम्भ भएको यो प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...