चेन्नई सुपर किङ्सलाई आईपीएल-२०२३ को उपाधि

अहमदाबाद– इन्डीयन प्रीमियर लीग (आईपीएल) २०२३ को फाइनल प्रतिस्पर्धामा महेन्द्र सिंह धोनीको नेतृत्वको चेन्नई सुपर किङ्सले विष्फोटक शैलीको जीत हासिल गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ५ विकेट (डकवर्थ लुईस नियम अनुसार) ले पराजित गरेको हो । आईपीएल २०२३ को फाइनल खेल उतार–चढावपूर्ण रह्यो । दर्शकले समेत यसको नतिजाका लागि दुई दिनसम्म प्रतिक्षा गर्नु पर्यो । वास्तवमा, फाइनल खेल आईतबार राति नै सम्पन्न हुनु पर्ने हो, तर वर्षाका कारण एक दिन पछि अर्थात हिजो सोमबार मात्र खेल सम्भव भयो ।
सोमबार रिजर्भ डेमा पनि खेललाई वर्षाले वाधा पुर्यायो । गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै २१५ रनको लक्ष्य तयार पार्यो । त्यसपछि भारी वर्षाका कारण चेन्नईको इनिङ निकै ढिलो गरि प्रारम्भ भयो । वर्षाका कारण खेललाई पाँच ओभर कम गरियो भने लक्ष्य पनि घटाइयो ।
यी सबै बाधाहरुबीच पनि वर्षाले धोनीको खेल बिगार्न सकेन । धोनी पाँचौं पटक आईपीएलको उपाधि जित्ने आफ्नो मिशनमा सफल भए ।
खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै गुजरातको टीम चार विकेटको क्ष्ँतीमा २१४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ४७ बलमा विष्फोटक शैलीमा ९६ रन बनाए । उनले ६ छक्का तथा ८ चौका प्रहार गरे । सुदर्शनबाहेक ऋद्धिमान साहाले ४३ तथा शुभमन गिलले ३९ रनको योगदान दिए । चेन्नईका लागि मथीशा पथिरानाले दुई विकेट लिए । चेन्नईको टीम २१५ रनको लक्ष्य पछ्याउँदै मैदानमा के उत्रिएको थियो, पहिलो ओभरमै वर्षाले खेल रोक्यो । त्यसपछि प्रतियोगिता राति १२ बजेपछि जब प्रारम्भ भयो, त्यो बेला खेललाई १५ ओभरमा घटाइयो । साथै डकवर्थ लुईस नियम अनुसार चेन्नईले १७१ रनको नयाँ लक्ष्य पायो । यसको जवाफमा चेन्नईको टीमले पाँच विकेट गुमाएर खेल तथा उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
फाइनल खेलको रोमाञ्चकता अन्तिम ओभरसम्म जारी रह्यो । मैदानमा उपस्थित हजारौं दर्शकको सास त्यो बेला रोकिएको थियो, जब धोनी नै पहिलो बलमै गोल्डेन डकका साथ आउट भए । त्यसपछि अन्तिम दुई बल बाँकी छँदा खेल आफ्नो रोमाञ्चको चरम सीमामा पुगेको थियो,जब चेन्नईलाई जीतका लागि १० रनको आवश्यकता थियो । त्यो बेला क्रीजमा रवीन्द्र जडेजा थिए । उनले मोहित शार्मको बलमा पहिला छक्का तथा त्यसपछि चौका प्रहार गर्दै चेन्नलाई फाइनल खेल जिताए ।
आईपीएलमा सबैभन्दा बढी पाँच पटक उपाधि जित्ने रेकर्ड मुम्बई इन्डियन्सको नाममा छ । रोहित शर्माको कप्तानीमा मुम्बईले यी सबै उपाधिहरु २०१३, २०१५, २०१७, २०१९ तथा २०२० सीजनमा जितेको हो । अब महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नईको टीमले पनि पाँचौं पटक नै उपाधि जितेर मुम्बईको बराबरी गरेको छ । धोनीले २०१०, २०११, २०१८, २०२१ तथा २०२३ सीजनमा उपाधि जितेका छन् । हैदराबाद फ्रेन्चाइजीले दुई पटक (डेक्कन चार्जर्स २००९, सनराइजर्स हैदराबाद २०१६) उपाधि जितेको छ । गौतम गम्भिरको कप्तानीमा कोलकाता नाइट राइडर्सले दुई पटक २०१२, २०१४ मा उपाधि जितेको छ । ती तीन वटै टीमबाहेक राजस्थान रोयल्स ९२००८० तथा गुजरात टाइटन्स ९२०२२० ले एक–एक पटक उपाधि जितेका छन् ।
जारी सीजनमा गुजरात अंकतालिकामा शीर्षस्थानमा रहँदै क्वालिफाई भएको थियो । जबकि चेन्नईको टीम दोस्रो स्थानमा थियो । यस्तो अवस्थामा यी दुई टीम बीच क्वालिफायर–१ प्रतिस्पर्धा भएको थियो । जेठ ९ गते भएको उक्त खेलमा चेन्नईले १५ रनले जीत हासिल गरेको थियो । गुजरातविरुद्ध चेन्नईको त्यो पहिलो जीत थियो । त्यसपछि चेन्नईले लगातार दोस्रो पटक गुजरातलाई हराएको हो । आईपीएलमा दुबै टीमबीच अहिलेसम्म ५ खेल खेलिएका छन्, जसमा गुजरातले तीन तथा चेन्नईले २ खेल जितेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



