चेन्नई सुपर किङ्सलाई आईपीएल-२०२३ को उपाधि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अहमदाबाद– इन्डीयन प्रीमियर लीग (आईपीएल) २०२३ को फाइनल प्रतिस्पर्धामा महेन्द्र सिंह धोनीको नेतृत्वको चेन्नई सुपर किङ्सले विष्फोटक शैलीको जीत हासिल गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ५ विकेट (डकवर्थ लुईस नियम अनुसार) ले पराजित गरेको हो । आईपीएल २०२३ को फाइनल खेल उतार–चढावपूर्ण रह्यो । दर्शकले समेत यसको नतिजाका लागि दुई दिनसम्म प्रतिक्षा गर्नु पर्यो । वास्तवमा, फाइनल खेल आईतबार राति नै सम्पन्न हुनु पर्ने हो, तर वर्षाका कारण एक दिन पछि अर्थात हिजो सोमबार मात्र खेल सम्भव भयो ।

सोमबार रिजर्भ डेमा पनि खेललाई वर्षाले वाधा पुर्यायो । गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै २१५ रनको लक्ष्य तयार पार्यो । त्यसपछि भारी वर्षाका कारण चेन्नईको इनिङ निकै ढिलो गरि प्रारम्भ भयो । वर्षाका कारण खेललाई पाँच ओभर कम गरियो भने लक्ष्य पनि घटाइयो ।
यी सबै बाधाहरुबीच पनि वर्षाले धोनीको खेल बिगार्न सकेन । धोनी पाँचौं पटक आईपीएलको उपाधि जित्ने आफ्नो मिशनमा सफल भए ।

खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै गुजरातको टीम चार विकेटको क्ष्ँतीमा २१४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ४७ बलमा विष्फोटक शैलीमा ९६ रन बनाए । उनले ६ छक्का तथा ८ चौका प्रहार गरे । सुदर्शनबाहेक ऋद्धिमान साहाले ४३ तथा शुभमन गिलले ३९ रनको योगदान दिए । चेन्नईका लागि मथीशा पथिरानाले दुई विकेट लिए । चेन्नईको टीम २१५ रनको लक्ष्य पछ्याउँदै मैदानमा के उत्रिएको थियो, पहिलो ओभरमै वर्षाले खेल रोक्यो । त्यसपछि प्रतियोगिता राति १२ बजेपछि जब प्रारम्भ भयो, त्यो बेला खेललाई १५ ओभरमा घटाइयो । साथै डकवर्थ लुईस नियम अनुसार चेन्नईले १७१ रनको नयाँ लक्ष्य पायो । यसको जवाफमा चेन्नईको टीमले पाँच विकेट गुमाएर खेल तथा उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

फाइनल खेलको रोमाञ्चकता अन्तिम ओभरसम्म जारी रह्यो । मैदानमा उपस्थित हजारौं दर्शकको सास त्यो बेला रोकिएको थियो, जब धोनी नै पहिलो बलमै गोल्डेन डकका साथ आउट भए । त्यसपछि अन्तिम दुई बल बाँकी छँदा खेल आफ्नो रोमाञ्चको चरम सीमामा पुगेको थियो,जब चेन्नईलाई जीतका लागि १० रनको आवश्यकता थियो । त्यो बेला क्रीजमा रवीन्द्र जडेजा थिए । उनले मोहित शार्मको बलमा पहिला छक्का तथा त्यसपछि चौका प्रहार गर्दै चेन्नलाई फाइनल खेल जिताए ।

आईपीएलमा सबैभन्दा बढी पाँच पटक उपाधि जित्ने रेकर्ड मुम्बई इन्डियन्सको नाममा छ । रोहित शर्माको कप्तानीमा मुम्बईले यी सबै उपाधिहरु २०१३, २०१५, २०१७, २०१९ तथा २०२० सीजनमा जितेको हो । अब महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नईको टीमले पनि पाँचौं पटक नै उपाधि जितेर मुम्बईको बराबरी गरेको छ । धोनीले २०१०, २०११, २०१८, २०२१ तथा २०२३ सीजनमा उपाधि जितेका छन् । हैदराबाद फ्रेन्चाइजीले दुई पटक (डेक्कन चार्जर्स २००९, सनराइजर्स हैदराबाद २०१६) उपाधि जितेको छ । गौतम गम्भिरको कप्तानीमा कोलकाता नाइट राइडर्सले दुई पटक २०१२, २०१४ मा उपाधि जितेको छ । ती तीन वटै टीमबाहेक राजस्थान रोयल्स ९२००८० तथा गुजरात टाइटन्स ९२०२२० ले एक–एक पटक उपाधि जितेका छन् ।

जारी सीजनमा गुजरात अंकतालिकामा शीर्षस्थानमा रहँदै क्वालिफाई भएको थियो । जबकि चेन्नईको टीम दोस्रो स्थानमा थियो । यस्तो अवस्थामा यी दुई टीम बीच क्वालिफायर–१ प्रतिस्पर्धा भएको थियो । जेठ ९ गते भएको उक्त खेलमा चेन्नईले १५ रनले जीत हासिल गरेको थियो । गुजरातविरुद्ध चेन्नईको त्यो पहिलो जीत थियो । त्यसपछि चेन्नईले लगातार दोस्रो पटक गुजरातलाई हराएको हो । आईपीएलमा दुबै टीमबीच अहिलेसम्म ५ खेल खेलिएका छन्, जसमा गुजरातले तीन तथा चेन्नईले २ खेल जितेका छन् ।