एनआरएनए र गृहमन्त्रीबीच भेट, निर्देशिका र कार्यविधि बनाई छिट्टै नागरिकता विधेयक कार्यन्वयनमा ल्याउने प्रतिबद्धता
काठमाडौं– गैर आवासीय नेपाली संघ ९एनआरएनए० को प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकोप्रति धन्यवाद व्यक्त गरेको छ । उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपालीले सन् २००३ देखि उठाएको मुद्दा सम्बोधनका भएकोप्रति धन्यवाद व्यक्त गरेको हो । गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत प्रतिनिधिमण्डलले गृहमन्त्रीसमक्ष अनुरोध गरेको छ । उक्त अवसरमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नागरिकता विधेयक प्रमाणिकरणलाई युगकै सुन्दर उपहारको संज्ञा दिए ।
नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्य यथाशक्य छिटोअघि बढाउन र त्यसमा गैरआवासीय नेपालीको तर्फबाट समेत प्रतिनिधि समेट्न डा.महतोले गृहमन्त्री श्रेष्ठमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए । संघका उपाध्यक्ष आरके शर्माले ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि गृहमन्त्रीलाई आमन्त्रण गर्दै श्रमिकका हक, हित र अधिकारका लागि नेपाल सरकारले थप जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । जवाफमा गृहमन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यका लागि निर्देशन दिइसकेको र छिट्टै उक्त काम पूर्ण हुने विश्वास व्यक्त गरे ।
गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको भन्दै गृहमन्त्री श्रेष्ठले विदेशमा बस्ने मताधिकार प्राप्त नेपालीको सूची संकलनका लागि आफैं तदारुकताका साथ अघि बढ्ने उनको भनाई थियो । भेटमा गैर आवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको वातावरण, श्रमिक र उनीहरुको हक अधिकारलगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपाध्यक्ष आरके शर्मा, संस्थापक भीम उदास, टि बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।
श्रमिकका सबै समस्यासँग अभ्यस्त छुः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारी
गैर आवासीय नेपाली संघ ९एनआरएनए० को प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि आमन्त्रण गरेको छ । भेटका क्रममा उपाध्यक्ष,आरके शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनः श्रम स्वीकृतिमा लगाइएको रोक अन्त्य गर्नुका साथै र इराकलगायतका मुलुकमा रोजगारीका लागि जान लगाइएको निषेधलाई पुनरावलोकन गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार र एनआरएनको सहकार्य अहम हुने भन्दै ओमानमा हुने सम्मेलनबाट यसको बृहत सुरुवात गरिने जानकारी गराए ।
त्यस्तै, सामाजिक सुरक्षा कोषमा कम्तिमा पनि २ प्रतिशत लाभांशको व्यवस्था सरकारको तर्फबाट गर्न सके कोषप्रति श्रमिकको आकर्षण बढ्ने उनको भनाई थियो । उक्त अवसरमा संस्थापक डा. उपेन्द्र महतोले लाखौँ श्रमिकको रेमिट्यान्सलाई बैँकिङ च्यानलबाट ल्याउन सके मुलुकको राजस्वमा ठूलो टेवा पुग्ने धारणा राखे । एनआरएनएका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आफू श्रमिकका सबै समस्यासँग अभ्यस्त रहेको र यही कार्यकालमा ती समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । श्रमिकका समस्यासँग साक्षात्कार हुँदा हुँदै पनि विविध कारण समाधानमुखी योजना ल्याउन नसकेको स्वीकार्दै उनले एनआरएनसँगको सहकार्यमा विदेशमा रहेका श्रमिकको हक, अधिकार सुनिश्चित गर्न र सुरक्षित तथा मर्यादित रोजगारीका लागि प्रोत्सहित गर्न सरकारले काम सुरु गरिसकेको उनको भनाई थियो ।
त्यसका लागि गन्तव्य मुलुकका राजदूतसँग पनि आफूले छलफल जारी राखेको मन्त्री भण्डारीको भनाई थियो । नेपालीहरु जहाँ जसरी पुगे पनि उनीलाई ‘देश छ र सरकारले गर्छ’ भन्ने महसुस गराउने गरी रणनीतिक पहल सुरु गरेको उनको भनाई थियो । विदेशमा रहेका श्रमिक, उनीहरुको अवस्था र उनीहरुलाई परेका समस्या पहिचान गर्न र सुरक्षित रोजगारका लागि प्रोत्सहित गर्न एकत्रित रुपमा डिजिटल रोजगार केन्द्रको अवधारणा ल्याई काम सुरु गर्न लागेको उनले बताए । मध्यपूर्वका महिला श्रमिकको समस्या विविध कारण यसअघि रोक लगाइएका श्रम गन्तव्य मुलुकका सम्बन्धमा सरकारले छिट्टै पुनरावलोकन गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाइ । भेटका क्रममा संस्थापक अध्यक्ष महतोसहित उपाध्यक्ष शर्मा, संघका सचिव गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल सिंह, सरोज दाहाल र प्रमुख कार्यकारी अधिकृत र विकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...