वैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– यही शुक्रवारदेखि अनिवार्य अवकाशमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ । असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

यसका साथै मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिने गरी नियुक्त गरेको छ । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार ३ गते सकिँदै थियो ।