विश्वकप छनोट: कीर्तिमानी साझेदारी गर्दा पनि जिम्बाब्बेसंग हार्यो नेपाल

काठमाडौं- बलर नचलेपछि नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जिम्बावेका लागि कप्तान क्रेइज इर्भाइन र सेन विलियम्सले अविजित शतकीय इनिङ्स खेल्नुभयो ।
एक सय २१ रन बनाउनुभएका क्रेइजले एक सय २८ बलमा १५ चौका र एक छक्का हान्नुभयो । सेन विलियम्सले एक सय दुई रन बनाउनुभयो । उहाँले ७० बलमा १३ चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको थियो । विस्ली म्याडहेब्रेले ३२ र ओपनर जोयलर्ड गुम्बेईले २५ रन जोड्नुभयो । बलिङमा नेपालका सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिनुभयो । सन्दीप लामिछानेले १० ओभर पूरै बलिङ गर्दा एक विकेटसमेत लिन सक्नुभएन । सन्दीपसहित नेपालका बलर नचल्दा जिम्बावेले उसको घरेलु मैदानमा शानदार जित निकालेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाउनुभयो ।
कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । अर्का ओपनर आशिफ शेखले ६६ रन बनाउनुभयो । कुशल र आशिफले पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी गर्नुभएको थियो । यो एकदिवसीयमा नेपालको हालसम्मकै उच्च साझेदारी हो ।
यसअघि एकदिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गर्नुभएको थियो । यस्तै कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, गुलसन झाले १३, आरिफ शेखले १०, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाउनुभयो । भीम सार्की पहिलो बलमै आउट हुनुभयो ।
बलिङमा जिम्बावेका रिचार्ड नगरभाले चार विकेट लिनुभयो । विलिङटन मासाकाड्जाले दुई तथा टेन्डई चतरा र ब्लेसिङ मुजाराबानीले एक एक विकेट लिनुभयो । जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो । नेपालले जिम्बावेसँग यसअघि एउटा मात्र ५० ओभरको खेल खेलेको थियो ।
सन् २०१८ मा जिम्बावेमै खेलेको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिबेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट ‘ए’ मान्यताको खेल भएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।
जिम्बावेविरुद्ध नेपाल-११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



