चार दलद्वारा समाजवादी मोर्चा घोषणा: नेपाली विशेषताको समाजवाद प्रमुख उद्देश्य

काठमाडौं- सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।
उक्त सहमतिपत्रमा समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद रहने उल्लेख छ । यसैगरी, समाजवादी मोर्चाको प्रस्तावना, उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङ्गठनात्मक संरचना, सचिवालय, सदस्यता र घटक दलहरूको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया, नीति तथा कार्यक्रमलगायतका मुख्य विषय छन् । मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ ।
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने जसमा सदस्य दलहरुबाट तोकिए अनुसार प्रतिनिधि रहने छन् । मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा लेखिएको छ- ‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने छ । त्यस उद्देश्य प्राप्तिका लागि हाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्न बमोजिम रहेका छन् ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...