बझाङमा जीप दुर्घटना हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री सिंहकी धर्मपत्नी तथा भाउजूको निधन

बझाङ– मंगलबार दिउँसो बझाङमा भएको जीप दुर्घटनामा परेर गम्भिर घाइते भएका दुई जनाको निधन भएको छ । दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहकी धर्मपत्नी ५० वर्षीया अमृता सिंह तथा भाउजू ६० वर्षीया जयादेवी सिंहको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र, देउरामा उपचारकै क्रममा मृत्यु भएको हो ।
केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीका अनुसार चिकित्कसले दुई जनाको मृत्यु भएको घोषणा गरेका हुन् । मन्त्री सिंहसहित घाइते तीन जनालाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ । दुर्घटनामा परेका मन्त्री सिंहको अवस्था पनि गम्भिर भएको बताइन्छ । मन्त्री सिंहसहित जीपका चालक ३५ वर्षीय धर्मराज जोशी तथा पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको हो ।
आज दिउँसो बझाङको केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार जीप दुर्घटनामा परेको थियो । डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको जीपनमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए । गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...