बझाङमा जीप दुर्घटना हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री सिंहकी धर्मपत्नी तथा भाउजूको निधन

बझाङ– मंगलबार दिउँसो बझाङमा भएको जीप दुर्घटनामा परेर गम्भिर घाइते भएका दुई जनाको निधन भएको छ । दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहकी धर्मपत्नी ५० वर्षीया अमृता सिंह तथा भाउजू ६० वर्षीया जयादेवी सिंहको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र, देउरामा उपचारकै क्रममा मृत्यु भएको हो ।
केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीका अनुसार चिकित्कसले दुई जनाको मृत्यु भएको घोषणा गरेका हुन् । मन्त्री सिंहसहित घाइते तीन जनालाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ । दुर्घटनामा परेका मन्त्री सिंहको अवस्था पनि गम्भिर भएको बताइन्छ । मन्त्री सिंहसहित जीपका चालक ३५ वर्षीय धर्मराज जोशी तथा पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको हो ।
आज दिउँसो बझाङको केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार जीप दुर्घटनामा परेको थियो । डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको जीपनमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए । गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेको थियो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...