विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।
जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो । नेपालका लागि ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट भएका भने कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे ।
यस अघि ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । सातौं नम्बरमा क्रिजमा आएका जंहागीरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । ओपनर सुशान्त मोदानीले ७१ बल खेल्दै ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...