विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।
जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो । नेपालका लागि ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट भएका भने कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे ।
यस अघि ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । सातौं नम्बरमा क्रिजमा आएका जंहागीरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । ओपनर सुशान्त मोदानीले ७१ बल खेल्दै ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडेका थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...