आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
काठमाडौं– अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस–हरेक वर्षको जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । उक्त दिवस मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ। दिवस मनाउनुको मुख्य उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो । ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने महत्वमा केन्द्रित छ ।
मनोविज्ञहरुका अनुसार युवाहरु सबैभन्दा बढि लागु औषध प्रयोगर त्यसको कारोबारमा लागेका हुन्छन् । थोरै समयमा धेरै पैसो कमाउने लोभ र नशाको लतले झन् युवाहरूलाई लागूऔषतको जोखिममा पारिरहेको देखिन्छ । विश्वमा गएको शताब्दीबाट लागु औषधको कारोबारबढेको पाइन्छ, लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गर्दछन् । सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलको संयुक्त सर्भेक्षणबाट करिब ७ करोड २५ लाख मान्छे लागु औषध प्रयोग गर्ने पाइएको थियो भने यो संख्या अहिले दोब्बर भन्दा बढि भएको अनुमान गर्न सकिन्छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन, लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउनु गर्दछ ।
नेपालमा पनि लागु औषधको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनधिकृत खेती र भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधको कार्य भूमि बन्दै गएको पाईन्छ । चुरोट, गाँजा जस्ता लागु औषध किनेर खाने र सुई हान्ने काम पनि नेपालमा बढ्दो क्रममा रहेको छ । यस्तो प्रकारको पदार्थ सेवन गर्नु भनेको आधुनिक र समयसापेक्षित बन्नु हो भन्ने युवाहरुमा आएको विचारका कारण पनि युवाहरु यसको कुलतमा फसेको देख्न सक्छौ । कलेजको बाहिर, चिया पसलमा बसेर चुरो उडाउनु र गाँजा फुक्नु अहिले सामान्य विषय बनेको छ जुन देशको लागि हानिकारक बन्न सक्छ । देशका शक्ति भनिएका युवाहरु नै आफूलाई मार्नतिर लागेका छन् भने हाम्रो देशको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ ।
सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेआम गर्दा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो समाजको वास्तविकता झलकाउने गर्दछ । उता नेपालमा कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै लागु औषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि पाइन्छ । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सीमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध कानुन र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । नेपाल सरकार, समुदायर सरोकारवाला संस्थाहरुले पनि यस विषयमा गम्भीर भएर सोच्न आवश्यक देखिन्छ ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...