ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त शाहसहित ७ जना पक्राउ

काठमाडौं– केही वर्षअघि चर्चामा रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण पुनः व्यूँतिएको छ । उक्त प्रकरणमा संलग्न भएको आरोप लागेका ७ जनालाई मंगलबार एकै दिन पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङदेखि डिल्ली बजार मालपोतका कर्मचारीसम्म छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पछिल्लो पटक पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । यो प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोली धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो । शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए ।
यो प्रकरणमा मंगलबार पक्राउ पर्ने छैटौं व्यक्ति डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की हुन् । सीआईबीले उनलाई लाई पक्राउ गरेको हो । ललिता निवास प्रकरणमा संलग्न थप अभियुक्तहरु पक्राउ पर्ने सम्भावना छ । सीआईबीले भाटभटेनीका सञ्चालक गुरुङपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली तथा भूपेन्द्रमणि केसीलाई पक्राउ गरेको थियो । उनीहरुलाई सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउने तयारी छ । गुरुङलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । मंगलबार नै काठमाडौंका विभिन्न स्थानबाट तत्कालीन सहसचिवसहित पाँच जनालाई पक्राउ गरिएको हो ।
उनीहरु सबैको नाम बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मुछिएको थियो । गुरुङले उक्त जग्गामा लगानी गरेका थिए, जसमा अहिले पनि उनले स्टोर राखेका छन् । पक्राउ परेका अन्य पाँच जना भने २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदै भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए । ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए । मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको उक्त प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...