यूएईविरुद्ध नेपालको शानदार जीत

काठमाडौं– विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार जीत हासिल गरेको छ । यो जीतसंगै नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार खेलिएको खेलमा पहिला ब्याटिङ गर्दै यूएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्न सफल भएको हो ।
नेपालको आकर्षक जीतमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रन बनाए । ऐरीले ८५ बलमा ७ चौका तथा दुई छक्काको सहयोगले यो रन बनाएका हुन् । नेपालका लागि कुशल भुर्तेलले ३५ रनको योगदान दिए भने सन्दीप लामिछानेले ऐरीलाई अन्त्यसम्म साथ दिँदै अविजित २३ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्रले बलिङतर्फ ५ ओभरमा १४ रन दिँदै एक विकेट लिन सफल भएका थिए ।
६३ रन जोडदा ६ विकेट गुमाएर दयनीय स्थितिमा पुगेको नेपालका लागि दीपेन्द्रले शानदार प्रदर्शन गरेका हुन् । उनले सातौँ विकेटका लागि गुल्सन झासँग ४३ रन तथा आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग अविजित ७९ रनको साझेदारी गरेका थिए । गुल्सनले १२ रन बनाए ।
त्यसअघि ज्ञानेन्द्र मल्ल १३ तथा कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सकेका थिए भने विकेटकिपर अर्जुन साउद, भीम सार्की र आरिफ शेख समान एक रनमा आउट भएका थिए ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोडेको थियो । त्यस क्रममा नेपालका सन्दीप लामिछाने तथा करण केसीले समान तीन विकेट लिए भने प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । सन्दीपले आफ्नो १० ओभरको स्पेलमा २३ रनमात्र खर्चिए भने तीन ओभर मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए ।
यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई लगातार पाचौँपटक हराएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...