यस्तो छ सरकारको पछिल्लो निर्णय

-- ?>

काठमाडौं— सिंहदरवारमा आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ । बैठकले उपराष्ट्रपति पुनको आगामी जुन १० देखि हुने चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता पुनको यो पहिलो विदेश भ्रमण हो । आजको बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइ र सिंचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
बैठकले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौा तहमा भोगेन्द्रराज डोटेल, झलकशर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउादै आएका जनआन्दोलन २०६२ र ६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम त्यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारले उपलब्ध गराउने छ । त्यसैगरी सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिएका छन् ।