आज गुरू पूर्णिमा

काठमाडौं– आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा हो । व्यास जयन्तीका रुपमा पनि मनाइने आजको दिनमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै गुरू पूर्णिमा मनाइने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश हुन्छ । अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने सबै गुरूजनप्रति श्रद्धा प्रकट गर्दै आजको दिन गुरूजयन्ती मनाउन थालिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएको मानिन्छ । गुरूले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।
सनातन धर्मावलम्बि र बौद्ध धर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्तगर्ने विशेष दिनका रुपमा लिने गर्छन् । विद्यालय शिक्षा लिँदै गरेका बालबालिकाहरूले आजका दिनलाई ‘टिचर्स डे’ का रुपमा पनि मनाउने गरेका छन् । विद्याथीहरूले आफ्ना गुरू वर्गको सम्मानमा विभिन्न उपहार दिने प्रचलन पनि छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...