आज गुरू पूर्णिमा

काठमाडौं– आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा हो । व्यास जयन्तीका रुपमा पनि मनाइने आजको दिनमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै गुरू पूर्णिमा मनाइने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश हुन्छ । अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने सबै गुरूजनप्रति श्रद्धा प्रकट गर्दै आजको दिन गुरूजयन्ती मनाउन थालिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएको मानिन्छ । गुरूले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।
सनातन धर्मावलम्बि र बौद्ध धर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्तगर्ने विशेष दिनका रुपमा लिने गर्छन् । विद्यालय शिक्षा लिँदै गरेका बालबालिकाहरूले आजका दिनलाई ‘टिचर्स डे’ का रुपमा पनि मनाउने गरेका छन् । विद्याथीहरूले आफ्ना गुरू वर्गको सम्मानमा विभिन्न उपहार दिने प्रचलन पनि छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...