नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं– नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मलेसियाको टोली १४.५ ओभरमा जम्मा ३१ रनमा अलआउट भएको हो ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अभिषेक तिवारीले उत्कृष्ट बलिङ गरे । तिवारी एक्लैले ५ विकेट लिएका छन् । सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले समान एक विकेट हात पारे ।
मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो । अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए । ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए ।
मलेसियाको बायुमास ओभलमा खेलिएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोडेको थियो । नेपालका लागि शीर्षक्रमका ब्याट्सम्यान नरेन भट्टले ८९ बलमा १० चौका तथा दुई छक्कासहित १ सय १२ रनको अविजित शतकीय इनिङ खेले ।
ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रन बनाए भने अर्का ओपनर सूर्यांषु कोइरालाले १८ रन, सन्तोष यादवले २९, अशोक धामीले ११ तथा दिपु कुमारले ५ रन जोडे । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...