नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2023/07/as.jpg)
काठमाडौं– नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मलेसियाको टोली १४.५ ओभरमा जम्मा ३१ रनमा अलआउट भएको हो ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अभिषेक तिवारीले उत्कृष्ट बलिङ गरे । तिवारी एक्लैले ५ विकेट लिएका छन् । सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले समान एक विकेट हात पारे ।
मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो । अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए । ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए ।
मलेसियाको बायुमास ओभलमा खेलिएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोडेको थियो । नेपालका लागि शीर्षक्रमका ब्याट्सम्यान नरेन भट्टले ८९ बलमा १० चौका तथा दुई छक्कासहित १ सय १२ रनको अविजित शतकीय इनिङ खेले ।
ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रन बनाए भने अर्का ओपनर सूर्यांषु कोइरालाले १८ रन, सन्तोष यादवले २९, अशोक धामीले ११ तथा दिपु कुमारले ५ रन जोडे । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...