बढी भावनात्मक भएर बोल्दा समस्या हुने प्रधानमन्त्रीको प्रष्टोक्ति

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बढी भावनात्मक भएर बोल्दा समस्यामा पर्ने गरेको प्रष्ट पारेका छन् । विवादास्पद अभिव्यक्तिपछि अवरुद्ध भएको संसद बैठक सोमबार बस्दा प्रधानमन्त्री दाहालले आफुमाथि लागेको आरोपको प्रष्टीकरण दिँदै आफ्नो सकेसम्म बचाउ गरे । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री नभई छोरी ज्ञानुको बुवा भएर बोलेको जिकिर गर्दै आफ्ना बेला–बेलाका बोली अदालतसम्म पुगेको स्मरण गरे ।
उनले भने– ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नु हुन्छ के ?’ प्रचण्डले अगाडि भने– ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ, मेरो सबल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो, र सायद सवल पक्ष पनि यसभित्र अन्तर्निहित छ कि ? निजीजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्व, जिन, उसको प्रवृत्ति विशेषता जसले हामीलाई अलग–अलग बनाएको छ, त्यही सत्त्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ कहिले दिमाग ।’
उनले थप भने– ‘तर, ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको कुरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ । इमान्दारिताका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड । स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र मैलो छैन । नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन् । म आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...