‘सीताको निधन शान्त र सहज थियो’: प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नी जीवनसंगीनीको निधन शान्त र सहज भएको बताएका छन् । जीवनसंगीनी सीता दाहालको निधनको शोक मनाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा दाहालले आफूलाई पत्नी सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता रहेको, तर उनको मृत्यु शान्तिपूर्ण रहेको बताएका हुन् ।
लिखित सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने– ‘थला नै परेपछि अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू अथवा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् ।’
उनले बिहान सात बजेमात्रै सीतालाई अस्पताल पु¥याएको र साढे आठ बजे नै उनले प्राण त्यागेको सुनाए । उनले भने– ‘साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।’ उनले आफ्नो दुःखको क्षणमा पाएको सद्भाव र सहृदयताप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । ‘मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पीडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं,’ उनले भने ।
मञ्चमा प्रधानन्त्री दाहाल दायाँ–बायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरु तीनै जनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो । श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई पनि मञ्चमा बसेका थिए । कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ समेत देखाइको थियो । त्यसक्रममा क्रममा कार्यक्रममा सहभागि अधिकांशका आँखा भिजेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...