एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

लण्डन– गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् । शनिवार मध्यराति सकिएको अनलाइन मतदानमा गुरुङले कुल १४७९ मत ल्याएर सन् २०२३–२५ कार्यकालको नेतृत्व लिन सफल भएका हुन् । अध्यक्ष पदमा निर्वाचित गुरुङ तमुधिं यूकेका पूर्व अध्यक्षसमेत हुन् । गुरुङका प्रतिष्पर्धी दिनेश घिमिरेले १२५४ तथा डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी भेरोले घोषणा गरेको छ ।
स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भएका छन् । दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् । उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ तथा सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रतिष्पर्धीहरुमध्ये ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ तथा अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् । स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी भए भने उनीसंग पराजित राम बगालेले १५३० मत ल्याए ।
महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दि बालकृष्ण भुसालले १५३७ मत ल्याएका छन् । त्यसैगरि, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भएका छन् । सह-कोषाध्यक्ष विजयी गुरुङले १८७५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सुमन शर्माले १४३८ मत ल्याए । युवा संयोजकमा सुजित शाहीले १५७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दि वीरेन्द्र नेपालले १३५४ मत ल्याए । आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् । दिलरस गुरुङले १८६३, सुनिलबाबु खड्का १६९८, चन्द्र गुरुङ १६९० र विष्णु चालिसेले १६४३ मत ल्याएर विजयी भएका छन् ।
आइसीसी पराजित उम्मेदवारद्वय मोहन कार्की र डा.सुनिल साहले क्रमशः १३१२ र ९०५ मत ल्याएका छन् । इङ्ल्याण्ड राज्य परिषद अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दि सन्तोषकुमार सुवेदी ८५८ मत मात्र ल्याएर हार व्यहोरे । स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डेले २४५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दि उज्वल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भए । एनआरएनए यूके निर्वाचनमा झण्ड ९० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ आज आइतबार हुने कार्यक्रम छ । शनिबार बिहान ६ बजे प्रारम्भ भएर मध्यरातमा सम्पन्न अनलाइन मतदानमा कुल ३ हजार ७ सय २८ मत (८९.१२ प्रतिशत) खसेको निर्वाचन अनुगमनकर्ता एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले जानकारी दिए । कुल मतदाता ४ हजार १ सय ८३ थिए । सापकोटाका अनुसार खसेको मतमध्ये इंग्ल्याण्डमा ३ हजार ८५ (८७.७ प्रतिशत), स्कटल्याण्ड ४९२ (९८.६ प्रतिशत), नर्दन आयरल्याण्ड र वेल्समा १५१ (९०.४ प्रतिशत) मत खसेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



